नेपाल टेलिकम सहित आज यी कम्पनीको भयोे सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज २१ लाख ३ हजारको कित्ता सेयर ५७ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

ग्लोबल आइएमई बैंक प्रमोटर सेयरको २ करोड ७० लाख, शिवम् सिमेन्ट्सको १ करोड ८० लाख, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाख र हिमालया डेष्टिलरीको १ करोड ६८ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स