सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख २५ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दाबढी आवेदन परेकोले सर्वसाधारणले आज वैशाख २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले यस अघि नै विदेशमा कार्यरत नेपाली श्रमिकलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स