यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । सेयरबजारमा पुनः गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक २.४३ अंकले घटेर १८४१.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज १९ लाख ४२ हजारको कित्ता सेयर ५८ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११३ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ५६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

नबिल बैंकको ३ करोड ५४ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २८ लाख, नेपाल टेलिकम २ करोड ५६ लाख र एभरेष्ट बैंकको १ करोड ३४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स