काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) घट्ने क्रममा ब्रेक लागेको छ । लगातार घट्दै आएको नेप्से बुधबार ५०.५८ अंकले बढेर २६६५.९४ विन्दुमा पुगेको हो । आज नेप्सेमा २२९ कम्पनीको ६३ हजार ९१६ पटक कारोबार भएको छ ।
९८ लाख ९४ हजार ४७८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख रुपयाँको कारोबार भएको छ ।
आज नेप्सेका सबै उपसमूह हरिया भएका छन् ।
अपि पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मेगा बैंकको सेयर मूल्य ३.९२ प्रतिशतले घटेको छ ।