सिटी होटलको आईपीओमा दोस्रो दिन सम्म कति पर्यो आवेदन ?

काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओमा दोस्रो दिन सम्म ४.४३ गुणाबढी आवेदन परेको छ । मंगलबार साँझ ५ः१२ बजेसम्ममा ५ लाख ३० हजार १५८ आवेदकबाट ६० करोड १४ लाख ४८ हजार रुपैयाँ बराबरको ६० लाख १४ हजार ४८ कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरको ४.४३ गुणा बढी हो ।

कम्पनीले वैशाख २५ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा पहिलो दिनमै माग भन्दाबढी आवेदन परेकोले सर्वसाधारणले वैशाख २८ गतेसँम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले यस अघि नै विदेशमा कार्यरत नेपाली श्रमिकलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स