नेप्से १० अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख ३६ हजारको कित्ता सेयर ७७ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पिपल्स पावर कम्पनीको ६.४७%, कालिन्चोक दर्शन लिमिटेडको ४.६५%, सिभिल लघुवित्तको ४.०५%, युनिलिभर नेपालको ४.०४% र आत्मनिर्भर लघुवित्तको ४.०३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्तको ८.६८%, सिटिजन्स् म्युचुअल फण्डको ४.३२%, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको ३.९२%, मनकामना स्मार्ट लघुवित्तको २.७५% र एनआइबीयाल ग्रोथ फण्डको २.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स