नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । निरन्तर ओरालो लागेको सेयरबजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख ३६ हजारको कित्ता सेयर ७७ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ४६ लाख, स्वाभिमान लघुवित्त प्रमोटर सेयरको ३ करोड ४७ लाख, नबिल बैंकको २ करोड ३ लाख र हिमालयन डेष्टिलरीको १ करोड ८७ लाख, रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स