सिटी होटलको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओमा पहिलो दिनमै १.८६ गुणाबढी आवेदन परेको छ ।

आज साँझ ५ः११ बजेसम्ममा २ लाख १७ हजार ४३७ आवेदकबाट २४ करोड ८७ लाख ६४ हजार रुपैयाँ बराबरको २४ लाख ८७ हजार ६४० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारलाई निष्काशन गरेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरको १.८३ गुणा बढी हो ।

कम्पनीले आज वैशाख २५ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा पहिलो दिनमै माग भन्दाबढी आवेदन परेकोले सर्वसाधारणले वैशाख २८ गतेसँम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले यस अघि नै विदेशमा कार्यरत नेपाली श्रमिकलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स