यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

सोमबार, नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख १० हजारको कित्ता सेयर ८२ करोड ४२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको २ करोड २५ लाख, हिमालयन डेष्टिलरीको २ करोड २० लाख, तारागाँउ होटलको २ करोड १ लाख,एनआइसी एसियाको १ करोड ९७ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स