शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिद बिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज २० लाख १५ हजारको कित्ता सेयर ६० करोड ६१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड २२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, मकर जितुमाया हाइड्रोपावरको १ करोड ८९ लाख, नबिल बैंकको १ करोड ६८ लाख, एनआइसी एसियाको १ करोड ५३ लाख, न्याङदी ग्रुप पावरको १ करोड ५३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स