सिटी होटलको आईपीओमा सर्वसाधारणले सोमबारबाट आवेदन दिन सकिने

काठमाडौं । सिटी होटलको आईपीओमा सोमबारबाट आवेदन दिन सकिने भएको छ । कम्पनीले वैशाख २५ गतेबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणका जारी हुने आईपीओ निष्कासन बन्द भने छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ गते बैंकिङ समयपछि हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स