१० हजार कित्तासम्म आवेदन दिन पाउने गरी मध्य भोटेकोशीको आईपीओ आउँदै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गतेदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ मूल्य बराबरको आईईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

सर्वसाधारणले उक्त सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिने मिति तोकिएको छ । सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई तोकेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स