दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ३३ हजारको कित्ता सेयर ७३ करोड २६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआइबिएल ग्रोथ फण्डको ९.८६%, लक्ष्मी लघुवित्तको ९.१६%, सयपत्री हाइड्रोपावरको ८.३७%, आत्मनिर्भर लघुवित्तको ८.२०% र मनकामना लघुवित्तको ७.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एनएमबि डिभेन्चरको ५.८५%, नेपाल एसबिआई डिभेनचरको ५.३८%, इष्टर्न हाइड्रोपावरको ४%, बाराहि हाइड्रोपावरको ३.०८% र रुरु जलविद्युतको २.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स