नेप्से १२ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ३३ हजारको कित्ता सेयर ७३ करोड २६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नबिल बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ५० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड २१ लाख, नबिल बैंकको १ करोड ९६ लाख, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ८४ लाख, एभरेष्ट बैंकको १ करोड ६५ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स