मोदी ईनर्जीको आईपीओमा आज सम्म कति पर्यो आवेदन ?

काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओमा १.०७ गुणाबढी आवेदन परेको छ । बुधबार साँझ ५ः११ बजे सम्ममा ५ लाख २८ हजार २४६ आवेदकबाट ५९ करोड ८२ लाख २७ लाख रुपैयाँ बराबरको ५९ लाख ८२ हजार २७० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको ५५ लाख ५९ हजार ४२० कित्ता सेयरको १.०७ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणहरुका लागि आज वैशाख १९ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

सर्वसाधारणले आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स