काठमाडौं । बुधबार, नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ अंक विन्दुमा आइपुगेको छ ।
आज २१ लाख ५५ हजारको कित्ता सेयर ६२ करोड २ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आत्मनिर्भर लघुवित्तको ६.०९%, श्वेत गंगाको ५.६६%, इन्फिटिभ लघुवित्तको ४.०३%, युनिलिभर नेपालको २.९२%, सिटिजन म्यचुअल फण्डको २.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, एनआईबीएल ग्राथ फण्डको ५.३५%, सनराईज ब्लु चिपको ५.१९%,ग्लोबल आइएमई फण्ड १को ३.९२%, साञ्जेल जलविधुत्को ३.८३%, मन्दाकिनी हाइड्रोपावरको ३.७६ प्रतिशतले सेयर मूल्य घटेको छ ।