यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० अंक विन्दुमा आइपुगेको छ ।

आज २३ लाख ३३ हजारको कित्ता सेयर ६९ करोड १० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तको ८.२०%, सनराइज डिभेन्चरको ४.९७%, गुँरास लघुवित्तको ४.३५%, पिपल्स् पावरको ३.९८% र सनराइज ब्लुचिप फण्डको ३.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको ४.७०%, मिथिल्ला लघुवित्तको ४.५७%, नयाँ सारथी लघुवित्तको ३.९४%, किसान लघुवित्तको ३.९२%, सानिमा मिडिल तमोर हाइड्रोपावरको ३.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स