माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १३ लाख ६३ हजार २ सय ६६ जनाको आवेदन परेको थियो । तीमध्ये १२ लाख ६७ हजार २ सय ८५ जना मात्र सेयर पाउन योग्य रहेका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जस अनुसार कुल १ लाख २६ हजार ९ सय ४१ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकी १ लाख २६ हजार ९ सय ४० जनाले १० कित्ता सेयर पाएका छन् ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म् आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गरेको हो ।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ भने कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स