यस्ता छन् सेबोनले एलओआई प्रदान गरेको १६ ब्रोकर कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गर्ने भएको छ । सोमबार बसेको बोर्डको संचालक समितिको बैंठकले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।

बोर्डले एलओआई प्रदान गरेकोमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकी १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।

योसँगै, बोर्डले आशयपत्र प्रदान गरेका कम्पनीहरुले अब आवश्यक प्रक्रिया पूरा गरेपछि पूर्ण रुपमा लाइसेन्स पाउनेछन् ।

यस्ता छन् आशयपत्र (एलओआई) पाउने १६ कम्पनी :

१. नबिल सेक्युरिटिज ( धितोपत्र ब्यापारी

२. मेघा स्टक मार्केट ( पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी ( सिमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबिआईएल सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

७. आरविवि सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस ( सिमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज ( सिमित कार्य गर्ने धितोपत्र दलाल

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स