माई खोला हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने, भाग्यमानी १ जनाले ११ कित्ता सेयर पाउने

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले वैशाख १९ गते मंगलबार बिहान ९ः३० बजे सेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ३१ हजार २३८ आवेदनबाट १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ७ हजार ७५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणलाई निष्काशन गरेको १२ लाख ६९ हजार ४११ कित्ता सेयरको ११.६६ गुणा बढी हो ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख २६ हजार ९४१ जनाले मात्रै सेयर पाउनेछन् भने तिनै भाग्यमानी आवेदनमध्ये १ जनाले ११ कित्ता सेयर पाउनेछन्।

कम्पनीले सर्वसाधारणका लागि वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म् आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गरेको हो ।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ भने कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स