भोलिबाट मोदी इनर्जीको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । भोलिबाट मोदी इनर्जी लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि भोलि वैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सर्बसाधारणले आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स