ईङवा हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओमा अनितम दिनसम्म १०.८६ गुणाबढी आवेदन परेको छ ।

आइतबार साँझ ५ः१२ बजेसम्ममा १० लाख ५९ हजार ९०१ आवेदकबाट १ अर्ब ३७ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ८० हजार ८०० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयरको १०.८६ गुणा बढी हो ।

कम्पनीले वैशाख १३ गतेदेखि आज वैशाख १७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्वसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

ईङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९।७ मे।वा। जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

यस कम्पनीमा अपि पावरको १५ लाख कित्ता, अरुण काबेलीको ३ लाख कित्ता, गुरु प्रसाद न्यौपानेको ४ लाख ६९ हजार कित्ता सेयर लगानी रहेको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै सेयर पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स