काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ अंक विन्दुमा आइपुगेको छ ।
आज ३२ लाख ६ हजारको कित्ता सेयर ९५ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड २५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख, तारागाँउ होटलको ३ करोड ३१ लाख, नबिल बैंकको ३ करोड २३ लाख र ओरियन्टल होटलको २ करोड ८४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।