आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले चुक्तापुँजी ८० करोड रुपैयाँको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले चुक्ता पुँजीको १ः२ को अनुपातमा १ अर्ब ६० करोड बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले पुर्व स्वीकृति, कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त हुने १ अर्ब ६० करोड रुपैयाँमध्ये ९६ करोड गणेश हिमाल हाइड्रोपावर प्रा.लि.ले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ। यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

२० मे।वा क्षमताको आँखुखोला (२ जलविद्युत आयोजनामा कम्पनीले कम्तीमा ६० प्रतिशत लगानी गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स