एकै साता नेप्सेमा ९ कम्पनीको २ करोड १८ लाख कित्ताबढी बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै साता ९ कम्पनीको २ करोड १८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

वैशाख १२ गते (मंगलबार) सगरमाथा इन्स्येरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपर लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यस्तै, वैशाख १४ गते (बिहीबार) गरिमा विकास बैंक लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी ९ कम्पनीको कुल २ करोड १८ लाख ६० हजार ५५७.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, सगरमाथा इन्स्येरेन्सको १२.४० प्रतिशतले हुन आउने १६ लाख ५३ हजार ६९९.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशतले हुन आउने ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेपाल हाइड्रो डेभलपर लिमिटेडको ५ प्रतिशतले हुन आउने १ लाख ५९ हजार ९६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

गरिमा विकास बैंकको १३ प्रतिशतले हुन आउने ५९ लाख ६८ हजार १३५.५५ कित्ता सेयर सूचीकृत भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ प्रतिशतले हुन आउने १३ लाख ८३ हजार ६७६ कित्ता सेयर सूचीकृत भएको छ ।

निर्धन उत्थान लघुवित्तको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५४७.५ कित्ता कित्ता सेयर सूचीकृत भएको छ ।

डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता सेयर सूचीकृत भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५८ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशतले हुन आउने ३ लाख ९४ हजार ३९२ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स