नेप्सेमा एकैदिन ६ कम्पनीको करिब २ करोड कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन ६ कम्पनीको करिब २ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार, गरिमा विकास बैंक लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स गरि कुल १ करोड ९१ लाख २९ हजार २४८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, गरिमा विकास बैंकको १३ प्रतिशतले हुन आउने ५९ लाख ६८ हजार १३५.५५ कित्ता सेयर सूचीकृत भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ प्रतिशतले हुन आउने १३ लाख ८३ हजार ६७६ कित्ता सेयर सूचीकृत भएको छ ।

निर्धन उत्थान लघुवित्तको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५४७.५ कित्ता कित्ता सेयर सूचीकृत भएको छ ।

डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता सेयर सूचीकृत भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५८ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशतले हुन आउने ३ लाख ९४ हजार ३९२ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स