नेप्से परिसूचक घटेर ७०.०७ अंकमा, ५ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट कायम रहेको छ । मंगलबार नेप्से ७०.०७ अंकले घटेर २६१५.३४ विन्दुमा आएको छ ।

आज १ करोड ३० लाखको कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु घटेका छन् ।

त्यसंगरि, १० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जल विद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स