काठमाडौं । बिहीबार, नेप्से परिसूचक २.२७ अंकले घटेर १८८ढ.७३ अंक विन्दुमा आइपुगेको छ ।
आज २१ लाख ७४ हजारको कित्ता सेयर ७३ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सिटिजन्स् म्युचुअल फण्डको ५.८५%, तेह्रथुम पावर कम्पनीको ५.०८%, तारागाँँउ रिजेन्सीको ४.४५%, सुपरमादीको ४.१०% र आरबीबी म्यूचल फण्डको ३.५९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, एनआइबिएल ग्रोथ फण्डको १०%, एनएमबि डिभेन्चरको ९.५३%, यूनिलिभर नेपाल लिमिटेडको ५.७७%, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ५.३७% र कुमारी धनवृद्वि योजनाको ४.६५ प्रतिशले सेयर मूल्य घटेको छ ।