एभरेष्ट बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २.२७ अंकले घटेर १८८ढ.७३ अंक विन्दुमा आइपुगेको छ ।

आज २१ लाख ७४ हजारको कित्ता सेयर ७३ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एभरेष्ट बैंकको  सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ७६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड १७ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १ लाख, स्ट्यान्डर्ड चार्टर्डको २ करोड ९८ लाख र तारागाँउ होटलको २ करोड ९३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स