काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त सहित ४ कम्पनीको १ करोड १७ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।
बिहबिार, निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स गरि कुल १ करोड १७ लाख ७७ हजार ४३७.८३२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
जसअनुसार, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५४७.५ कित्ता, डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४९८.३३२८, नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५८ लाख २५ हजार कित्ता र प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशतले हुन आउने ३ लाख ९४ हजार ३९२ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।