काठमाडौं । बुधबार, नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ अंक विन्दुमा आइपुगेको छ ।
आज २५ लाख ७१ हजारको कित्ता सेयर ८४ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जनउत्थाज सामुदायिक लघुवित्तको ३.२५%, कुमारी इक्यूटी फण्डको २.५१%, एनआइसी एशिया सेलेक्ट फण्डको २.३०%, उपकार लघुवित्तको २.२७%, ग्रामिण विकास लघुवित्तको २.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, सनराइज ब्लु चिप फण्डको ९.१२%, तारागाँउ रिजेन्सी होटलको ७.११%, मानसी लघुवित्तको ५.४३%,गुराँस लघुवित्तको ५.१३%, सिटिजन्स् म्युचुअल फण्डको ३.९० प्रतिशतले सेयर मूल्य घटेको छ ।