काठमाडौं । सेयर बजारमा गिरावट आएको छ ।
बुधबार, नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ अंक विन्दुमा आइपुगेको छ ।
आज २५ लाख ७१ हजारको कित्ता सेयर ८४ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड १ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, तारागाँउ होटलको ३ करोड ९० लाख, एभरेष्ट बैंकको ३ करोड १७ लाख, हिमालयन डेष्टिलरीको २ करोड ६० लाख र नबिल बैंकको २ करोड ४८ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।