मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ४ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ७४ हजार २ सय २८ जना मात्र सेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत सेयर बाँडफाँट भएको छ । जस अनुसार गोलाप्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले सेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख ४ गतेदेखि वैशाख ७ गते सम्म आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले आफ्ना कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्कासन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओ प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छ।

१. बिक्री प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com
२.सिडीएससीको मेरोशेयरको वेबसाइट  meroshare.cdsc.com.np/#/login
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स