काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्वसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ रहेको छ ।
कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
ईङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
यस कम्पनीमा अपि पावरको १५ लाख कित्ता, अरुण काबेलीको ३ लाख कित्ता, गुरु प्रसाद न्यौपानेको ४ लाख ६९ हजार कित्ता सेयर लगानी रहेको छ ।