माई खोला हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ११.६६ गुणा बढी आवेदन परेको छ ।

मंगलबार साँझ ५ः१२ बजेसम्ममा १३ लाख ३१ हजार २३८ आवेदनबाट १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ७ हजार ७५० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको १२ लाख ६९ हजार ४११ कित्ता सेयरको ११.६६ गुणा बढी हो ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख २६ हजार ९४१ जनाले मात्रै सेयर पाउनेछन् ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख ८ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले आज वैशाख १२ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गरेको हो ।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिएका छन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ भने कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स