नेपाल रिपब्लिक मिडियाले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकोृ छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आईपीओ निष्काशनको लागि वैशाख ११ गते शनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

कम्पनीले कार्तिक २ गते सेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स