भोलिबाट सर्वसाधारणले ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । भोलिबाट ईङवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्वसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

ईङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

यस कम्पनीमा अपि पावरको १५ लाख कित्ता, अरुण काबेलीको ३ लाख कित्ता, गुरु प्रसाद न्यौपानेको ४ लाख ६९ हजार कित्ता सेयर लगानी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स