सिटी होटेलको आईपीओ भोलि मंगलबार बाँडफाँट हुने

काठमाडौं । सिटी होटेल लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले चैत्र २१ देखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म विदेशमा रहेका १९ हजार ९०३ श्रमिकबाट कुल ५ लाख ७४ हजार १५० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा ३.४३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ ।

नेपाली श्रमिकलाई छुट्याईएको उक्त सेयर बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।

कम्पनीले सर्वसाधारणका लागि भने वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ सम्म आवेदन दिन सकिने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स