काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार आज सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक २.७१ अंकले घटेर १८८८.३२ अंक विन्दुमा आइपुगेको छ ।
आज २२ लाख ६० हजारको कित्ता सेयर ७५ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कालिन्चोक दर्शनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ८१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ९९ लाख, नबिल बैंकको २ करोड १५ लाख, एनआईसी एसिया बैंकको १ करोड ८९ लाख र हिमालया डेष्टिलरीको १ करोड ६८ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।