नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको लागि अन्नपूर्ण स्टक एक्सचेन्जले पनि दियो बोर्डमा आवेदन

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको अनुमतिका लागि अन्नपूर्ण स्टक एक्सचेन्जले पनि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी रहेको छ ।

हिमालयन र नेशनलपछि अन्नपूर्ण स्टक एक्सचेन्जले पनि बोर्डमा आवेदन दिएको हो। योसँगै, नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको अनुमति माग गर्ने संख्या ३ पुगेको छ ।

गत शुक्रबार हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको थियो भने आज आइतबार नेशनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले बोर्डमा आवेदन दिएका हुन् ।

नयाँ स्टकका लागि आवेदन दिने आज साँझ पाँच बजेसम्मको मात्र समय रहेको छ ।

बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो।

गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि सर्वोच्चमा मुद्दा परेको थियो। पाँच महिनादेखि रोकिएको प्रक्रिया अदालतको ‘ग्रीन सिग्नल’ ले हटेपछि बोर्डले आवेदन माग गरेको हो। पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स