काठमाडौं । आइतबार, नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० अंक विन्दुमा आइपुगेको छ ।
आज २७ लाख ३४ हजारको कित्ता सेयर ८२ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सनराइज ब्लुचिप फण्ड र आदर्श लघुवित्तमा १०%, कालिन्चोक दर्शनमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । तारागाँउ रिजेन्सीमा ६.९४%, वीन नेपाल लघुवित्तमा ३.९०% प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, सनराइज इक्वीगटी फण्डमा १०%, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्डमा ७.२५%, गुडविल फाइनान्समा ५.७८%, गणपति लघुवित्तमा ५.५४% र धौलागिरी लघुवित्तमा ४.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।