काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० अंक विन्दुमा आइपुगेको छ ।
आज २७ लाख ३४ हजारको कित्ता सेयर ८२ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, मोलुङ हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ११ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख, एनआईसी एसिया बैंकको २ करोड ३८ लाख, नबिल बैंकको २ करोड १२ लाख र हिमालया डेष्टिलरीको १ करोड ८४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।