यो साता दुई कम्पनीले आईपीओ निष्काशन गर्दै, कसको कति ?

काठमाडौं । यो साता दुई कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेड र ईङवा हाइड्रोपावर लिमिटेडले यही साता आईपीओ निष्काशन गर्न लागेको हो ।

जसअनुसार, थ्री स्टार हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित खोटाङ जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गर्ने छ। यसमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको वडा १ देखि वडा नम्बर ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले ७३ हजार ८ सय ७५ कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गर्ने छ।

आयोजना प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ लाख ९२ हजार ५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा वैशाख २५ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने वैशाख २५ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ।

त्यस्तै, ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्वसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

ईङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

यस कम्पनीमा अपि पावरको १५ लाख कित्ता, अरुण काबेलीको ३ लाख कित्ता, गुरु प्रसाद न्यौपानेको ४ लाख ६९ हजार कित्ता सेयर लगानी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स