नयाँ स्टक एक्सचेन्जको लागि हिमालयन स्टकले दियो निवेदन

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागि शुक्रबार हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्ड सेबोनले गत बिहीबार १० दिनको म्याद राख्दै सूचना निकालेको थियो । उक्त सूचनाको म्याद आइतबार सकिदै छ । उक्त दिन विदा परे सोमबारसम्म आवेदन दिन सकिन्छ ।

आइतबारसम्म समय रहेकोले थप निवेदन पर्न सक्ने अवस्था रहेको बोर्डको जनाएको छ । बोर्डका सह प्रवक्ता तेजप्रसाद देवकोटाले आजसम्म एउटा स्टक एक्चेन्जले आवेदन दिएको र आइतबार पनि समय बाँकी रहेको जानकारी दिए । तर, जति वटा निवेदन परे पनि बोर्डले एक कम्पनीलाई मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने जनाएको छ ।

वस्तु विनिमय बजारको लागि भने कुनै आवेदन परेको छैन। त्यसको समय पनि आइतबारसम्म नै छ । उक्त दिन बिदा परे सोमबार सम्म आवेदन दिन सकिन्छ । वस्तु विनिमय बजारको भने दुई वटा लाइसेन्स दिने बोर्डको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स