घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैशाख ६ गते अनुमति प्रदान गरेको हो ।

बोर्डले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो। जस मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता सेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन हुने छ ।

कम्पनीले स्थानीयलाई निष्काशन हुने सेयरको मूल्य प्रति कित्ता ४०० र सर्वसाधारणलाई निष्काशन हुने सेयरको मूल्य प्रति कित्ता ४३५ रुपैयाँ कायम गरेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट रहेको छ ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै साउन ९ गते बोर्डमा आवेदन दिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स