दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १५ं७३ अंकले घटेर १९०४.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ३२ लाख ९ हजारको कित्ता सेयर ९८ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिन्चोक दर्शनको सेयरमा ९.९९% र मैलुङ खोलामा ९.९६ प्रतिशतको सर्किट लागेको छ। सनराईज ब्लु चिपको ७.०६%, सनराईज फस्र्ट म्युचुअल फण्डको ३.९२% र एभरेष्ट बैंकको ३.६० प्रतिशतले सेयर मूल्य बढेको छ।

त्यस्तै, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र आदर्श लघुवित्तको सेयरमा १० प्रतिशतको नकरात्मक सर्किट लागेको छ । सिटिजन्स् म्युचुअल फण्डको ९.०३%, सामलिङ पावरको ८.२७% र निर्धन लघुवित्तको ४.१० प्रतिशले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स