एनआईसी एसिया बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १५ं७३ अंकले घटेर १९०४.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ३२ लाख ९ हजारको कित्ता सेयर ९८ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंक प्रमोटर सेयरको ३ करोड ५३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख, स्टन्डर्ड चार्टर्ड बैंकको ३ करोड ३३ लाख र एभरेष्ट बैंकको २ करोड ९१ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स