नेप्से १५ अंकले बढेसँगै यस्ता छन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक १५.१३ अंकले बढेर १९२०.१२ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ७९ हजारको कित्ता सेयर ८७ करोड २१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, स्वावलम्बन लघुवित्त प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ८३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ६६ लाख, एनआईसी एसिया बैंकको ३ करोड १८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १७ लाख, र निफ्राको २ करोड ३९ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स