ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्कासन गरेको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओ वैशाख ४ गते बाँडफाँट भएको हो ।

कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिंगवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुलाई बिक्री गरेको थियो । यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङको वेवसाइट nsmbl.com.np, कम्पनीको वेवसाइट https://www.ingwahydropowerltd.com.np/ र सिडिएस एण्ड क्लियरिङले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स