३ कम्पनीमा लाग्यो सर्किट, कुन कम्पनीले कति कमाए र गुमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक २३.६४ अंकले घटेर १९०८.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ४४ हजारको कित्ता सेयर ९२ करोड ७८ हजारमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आदर्श लघुवित्तमा १०%, कालिन्चोक दर्शन ९.९८% र मोलुङ हाइड्रोपावरमा ९.९६ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

सिभिल बैंक डिभेन्चर २०८८को ६.१०% , सामलिङ पावरको ४.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सनराइज ब्ल्युचिप फण्डको ६.२५%, एनआइसी एशिया ग्रोथ फण्डको ५.१४%, उन्नति सहकार्य लघुवित्तको ४.३४%, उपकार लघुवित्तको ४.२१% र कालिका लघुवित्तको ४.१० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स